नेपालमा स्वास्थ्य सेवासँग सम्बन्धित निकायहरू
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (MoHP) | |
![]() |
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य कार्यक्रमहरूको कार्यान्वयनमा निजी क्षेत्र र गैरसरकारी संस्थाहरूको सहभागिता बढ्दै गएका सन्दर्भमा देशको समग्र विकासका लागि जनताको मानसिक तथा शारीरिक स्वास्थ्य सुधार लगायत सामाजिक हितको संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्दछ । उपचार सेवा, रोग नियन्त्रण, स्वास्थ्य सुधार गतिविधि तथा प्राथमिक स्वास्थ्योपचार प्रणालीलाई समुचित व्यवस्थापन गर्नु र त्यसका लागि नीति निर्माण गर्नु मन्त्रालयको उत्तरदायित्व हो । नेपाल सरकारले घोषणा गरेका स्वास्थ्य सम्बन्धी नीतिका आधारमा स्वास्थ्य सेवाको समग्र अवस्थालाई सुधार गर्नका लागि गरिने क्रियाकलापहरूमा अन्तर्राष्ट्रिय स्तर कायम राखिन्छ । |
स्वास्थ्य सेवा विभाग (DoHS) | |
![]() |
स्वास्थ्य सेवा विभागको समग्र उद्देश्य नियन्त्रणात्मक, प्रवर्द्धनात्मक तथा उपचारात्मक स्वास्थ्यसेवा नेपालभरि पुर्यावउनु हो। |
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र | |
![]() |
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको केन्द्रका रूपमा कार्य गर्दछ । यस केन्द्रको पैरवी, समुदाय परिचालन, व्यवहार परिवर्तन, सञ्चार र स्वास्थ्य सेवा तथा कार्यक्रम प्रबर्द्धन क्रियाकलापहरूका सम्बन्धमा एकीकृत अवधारणा र एक द्वार प्रणाली रहेको छ। यस संस्थाले विभिन्न तहका योजना, कार्यान्वयन, नियन्त्रण तथा मूल्याङ्कन गर्नुका साथै सकारात्मक दृष्टिकोणको विकास गर्न र स्वास्थ्य शिक्षा, रोग नियन्त्रणका लागि उपयुक्त उपचार, नियन्त्रण र स्वास्थ्य सेवा तथा कार्यक्रमहरूको पूर्ण उपयोगका लागि व्यक्तिगत वा सामूहिक रूपमा मानिसहरूलाई प्रोत्साहित गर्दछ। यस संस्थाले पुस्तिकाहरू तथा स्वास्थ्यसँग सम्बन्धित अन्य सामग्रीहरू प्रकाशित गर्दछ । निम्न वेब लिङ्को प्रयोग गरेर सामग्रीहरू प्राप्त गर्न सकिन्छ। |
एड्स तथा यौन रोग नियन्त्रण राष्ट्रिय केन्द्र | |
![]() |
यस केन्द्रले विभिन्न कार्यक्रमहरूका माध्यमबाट एड्स नियन्त्रणका लागि विभिन्न क्षेत्रमा कार्य गर्दछ। |
राष्ट्रिय क्षयरोग केन्द्र, नेपाल | |
![]() |
राष्ट्रिय क्षयरोग कार्यक्रम सामान्य प्राथमिक स्वास्थ सेवाअन्तर्गत पूर्णत: एकीकृत रहेको छ। यस संस्थाको लक्ष्य, उद्देश्य र नीति, तथा रणनीतिहरू विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय सिफारिस मुताबिकका रहेका छन्। राष्ट्रिय क्षयरोग केन्द्र नै राष्ट्रिय क्षयरोग कार्यक्रमको केन्द्रविन्दु हो। कार्यक्रम सम्बन्धी नीति, रणनीति र योजना निर्माणका लागि यो उत्तरदायी निकाय हो। यस बाहेक नेपाल क्षयरोग केन्द्रले राष्ट्रिय निर्देशक अस्पतालको पनि भूमिका निर्वाह गर्दछ। राष्ट्रिय क्षयरोग केन्द्रको केन्द्रीय प्रयोगशाला राष्ट्रिय क्षयरोग केन्द्र प्रयोगशालाका सञ्चालहरूको केन्द्रविन्दु हो । नीति तथा निर्देशिका निर्माण, तालिम, गुणस्तर नियन्त्रण र पर्यवेक्षण यसको जिम्मेवारी भित्र पर्दछन्। |
SAARC Tuberculosis and HIV/AIDS Center (STAC) | |
![]() |
सन् १९९२ मा SAARC Tuberculosis Centre (STC) को स्थापना भएको हो। संस्थाले सन् १९९४ मा सार्क क्षयरोग केन्द्रका रूपमा काम गर्न थालेको हो। यस केन्द्रले सार्कका सदस्य राष्ट्रमा रहेका राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमहरूलाई सहयोग गर्दै आएको छ। |
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) | |
![]() |
यस परिषद्ले स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्ने र त्यस्ता कार्यक्रमहरूलाई सहयोग गर्ने गर्दछ। |
Nepal Health Sector Support Programme (NHSSP) | |
![]() |
खास गरी गरिब तथा बहिष्कृतहरूका लागि गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्नका लागि नेपाल सरकारको क्षमता बढाउने उद्देश्यले यस कार्यक्रमको परिकल्पना गरिएको हो। |
WHO Nepal | |
![]() |
WHO ले विभिन्न प्रकाशनहरूका माध्यमबाट स्वास्थ्यसम्बन्धी सूचनाहरू पनि उपलब्ध गराउँछ। यस्ता सूचना तथा सामग्रीहरू वेब साइटको publication विभागमा उपलब्ध हुन्छन्। प्रकाशनहरूको सूचीसम्म पुग्नका लागि यो वेब लिङ्क प्रयोग गर्न सकिन्छ । |