इ-स्वास्थ्य र दूर उपचार सम्बन्धी जानकारी
स्वास्थ्य मानिसको पहिलो चासोको विषय हो। विद्युत्कणशास्त्रमा भएको प्राविधिक विकासका कारण स्वास्थ्यसम्बन्धी सेवाहरूमा विस्तार हुँदै गएको छ। विद्युतीय स्वास्थ्य (इ-स्वास्थ्य) विद्युतीय प्रक्रिया तथा सञ्चारमाध्यमबाट गरिने स्वास्थ्य्योपचार पद्धतिलाई बुझाउन प्रयोग गरिने तुलनात्मक रूपमा नयाँ शब्द हो । विश्व स्वास्थ्य संगठनका अनुसार- विद्युतीय माध्यमबाट स्वास्थ्यसम्बन्धी स्रोत-साधनहरू र स्वास्थ्यसेवा हस्तान्तरण गर्नुलाई इ-स्वास्थ्य भनिन्छ । यसले तीनवटा प्रमुख क्षेत्रलाई समेट्दछ:
![]() |
इन्टरनेट तथा दूर-सञ्चारका साधनहरूका माध्यमबाट स्वास्थ्य-व्यवसायी र स्वास्थ्य-उपभोक्ताहरूसम्म स्वास्थ्य सम्बन्धी सूचना पुर्या्उनु |
![]() |
सार्वजनिक स्वास्थ्य सेवाका क्षेत्रमा सूचना प्रविधि र इ-व्यापारको शक्तिको प्रयोग गर्नु (उदा. स्वास्थ्यसेवीहरूलाई शिक्षा तथा तालिम दिएर) |
![]() |
स्वास्थ्य प्रणालीको व्यवस्थापनका लागि इ-वाणिज्य र इ-व्यापारको प्रयोग गर्नु |
इ-स्वास्थ्यले रोगबारेको सूचना, औषधी आदि स्वास्थ्य-साधनहरूको प्रयोग जस्ता नयाँ पद्धतिहरू उपलब्ध गराउँछ।
इ-स्वास्थका आधारभूत स्वरूप यी हुन्:
![]() |
विद्युतीय माध्यमबाट स्वास्थ्यस्थितिको लिखत राख्ने |
![]() |
दूर-उपचार |
![]() |
उपभोक्ता स्वास्थ्य सूचना विज्ञान |
![]() |
स्वास्थ्यसम्बन्धी ज्ञानको व्यवस्थापन |
![]() |
मोबाइल स्वास्थ्य (mHealth) |
![]() |
स्वास्थ्य हेरचाह सूचना प्रणाली |