केन्द्रीय तथ्याङ्‍क विभाग (२००९/२०१०) तथा कृषि तथा सहकारी मन्त्रालयका अनुसार नेपालमा कूल खेती योग्य जमिनको ७.३ प्रतिशतमा तरकारीजन्य बालीनाली लगाइन्छ। सन् २००९/१० मा कूल १०५० खर्व मूल्य बराबरको तरकारी (आलुबाहेक) उत्पादन भएको थियो।यो देशको कूल घरेलु गार्हस्थ उत्पादनको ८.८ प्रतिशत हो।कृषि व्यवसाय तथा उत्पादन क्षेत्रको व्यापक विस्तारका कारण विगत दुई दशकमा वार्षिक प्रतिव्यक्ति तरकारी उपभोग ६० केजीबाट बढेर १०५ केजी पुगेको छ।नेपालमा ३२,४३,५२१ वटा तरकारी केन्द्रित क्षेत्रहरू रहेका छन् भनिन्छ।कूल कृषियोग्य जमिनमध्ये २,३२,२९५ हेक्टर क्षेत्रमा तरकारी खेती गरिन्छ।तरकारीजन्य बालीको कूल उत्पादन २८,२०,५२७ मेट्रिक टन रहेको थियो।कूल उत्पादन मध्ये घरायसी उपभोगमा ११,००,७१० मेट्रिक टन (३९%) र कूल बिक्रीमा १७,१९,८१८ मेट्रिक टन (६१%) रहेको थियो।तराइ, मध्य पहाडी तथा उच्च पहाडी क्षेत्रमा क्रमश: ५५%, ४०% तथा ५% उत्पादन हुने तथ्याङ्‍कले देखाएको छ।

थप जानकारीका लागि तलका वेब लिङ्‍कमा क्लिक गर्नुहोस्।
नेपालमा तरकारी बालीको पकड क्षेत्र, उत्पादन, उपभोग, बिक्री तथा प्रतिफल