आजकल घरायसी उपभोगका लागि मात्र होइन आय आर्जन गर्ने उद्देश्यले पनि तरकारी खेती गरिन्छ । तरकारीको उब्जनी बढाउनका लागि थुप्रै किसिमका प्रविधि/पद्धतिहरूको आवश्यकता पर्दछ।
नेपालमा लगाइने प्रमुख तरकारीहरू यस प्रकार छन्:

  • फुलकोपी
  • बन्दाकोपी
  • प्याज
  • गोलभेंडा
  • लसुन
  • फर्सी
  • काँक्रो
  • कागती
  • आलु
  • केराउ
  • सिमी

नेपालमा तरकारी खेतीका केही सफल उदाहरणहरू तल उल्लेख गरिएका छन्:

१)Rangjung Yeshe Shenpen

सविना पोखरेल नेपालकी एउटी सफल महिला कृषक हुन्। उनले अप्रिल, २०१० मा महिला सहकारी समाज (WCF) ले प्रदान गरेको तीन दिने पहिलो तहको तालिम लिएकी थिइन्।दुई रोपनी जग्गामा लगाएको सिमी खेतीबाट उनले रू. १,००,००० आय आर्जन गरिसकेकी छन्।उनी वर्षमा दुई पटक आलु, सिमी र धान खेती गर्छिन्। मानिसहरू आफैं उनीकहाँ तरकारी किन्न आउने हुँदा उनले तरकारी ढुवानीका लागि खर्च गर्नु पर्दैन। विस्तृतमा ...

 
२)

सिन्धुपाल्चोक जिल्ला, सिन्धुकोट गा.वि.स. वडा नं. ३ निवासी ४२ वर्षीय छत्रकुमारी रायमाझीको सफलताको कथा बेग्लै छ। उनले Share and Care, Nepal बाट सञ्चालित मौसमी तथा बैमौसमी तरकारी खेती सम्बन्धी तालिम लिइन् र फुलकोपी तथा काँक्राका बेर्ना बनाएर खेती गर्न थालिन्। अहिले उनले चार रोपनी जग्गामा फुलकोपी रोपेकी छन् भने अरु २ रोपनी जग्गामा आलु, बन्दकोपी, मूला र सिमी लगाएकी छन्। यसबाट उनले  एक सिजनमा ३० हजार देखि ४० हजारसम्म आम्दानी गर्ने योजना बनाएकी छन्।

 
३)FREENEPAL NEWS NETWORK

बाग्लुङ नगरपालिका-१० निवासी कृषक टीकाराम सापकोटाले विगत तीन दशकमा व्यावसायिक तरकारी खेतीबाट १ करोड भन्दा बढी कमाइसकेका छन्।गाउँका १० जना अगुवा कृषकहरूलाई समेटेर एउटा तरकारी उत्पादन सहकारी गठन गरेर उनी मौसमी तथा बेमौसमी तरकारी खेती गर्दछन्।अहिले त्यस गाउँका २०० परिवार तरकारी खेतीमा लागेका छन्।

 
४)Nepal Republic Media Pvt. Ltd.

तरकारी खेतीकै कारण सिरहा जिल्लाको गुरुधाम गाउँको चोला फेरिएको छ।यहाँका लगभग १०० परिवार व्यावसायिक तरकारी खेतीमा लागेका छन्। प्रति पाँच कट्ठा जमिनबाट यहाँका गाउँलेहरूले वार्षिक करिब २ लाख आम्दानी गर्दछन्।यही आम्दानीले परिवारका सदस्यलाई वर्षभरि खान पुग्दछ।यस गाउँको एक हप्ताको सालाखाला आम्दानी ५ लाख देखि ७ लाखसम्म हुन्छ।

 
५)Gorkhapatraonline.com.

अर्ध-व्यावसायिक कृषिमा संलग्न भएपछि झापा जिल्ला, शनिश्चरे गा.वि.स. वडा नं. ३ का कृषकहरूको जीवनस्तरमा सुधार आएको छ।उनीहरूले प्रति १५ कट्ठा जमिनमा लगाएको तरकारी बेचेर वार्षिक ८०,००० रुपैंया वचत गर्दछन् ।