परम्परागत र आधुनिक कृषि पद्दति

नेपालमा कृषि

नेपालको अर्थतन्त्र मूलत: कृषिमा निर्भर रहेको छ।सन् १९८०को दशकसम्म नेपालको ९०% भन्दा बढी जनसङ्ख्या जीवन निर्वाहका लागि कृषिमा आश्रित थियो भने नेपालको २०% जमिन खेतीयोग्य थियो।त्यस्तै नेपालको कूल घरेलुउत्पादनको करिब ७५% हिस्सा कृषिले ओगटेको थियो। पाँचौं पञ्चवर्षीय योजना (सन् १९७५-१९८०) लागू भएदेखि नै नेपाल सरकारले कृषिलाई सबैभन्दा बढी प्राथमिकता दिँदै आएको छ।कृषि उत्पादनमा वृद्धि गर्नका लागि सिँचाइ, आधुनिक औजारहरूको प्रयोग, बढी उब्जाउ हुने किसिमका नयाँ बिउबिजनको उपयोग, रासायनिक मल तथा कीटनाशक औषधीको प्रयोगमा नेपाल सरकारले जोड दिँदै आएको छ। तर वितरण तथा आपूर्तिलाई उपयुक्त ढङ्गले व्यवस्थापन गर्न नसकेका कारण अपेक्षित प्रगति हुन सकेको छैन।तराई क्षेत्रमा बढ्दै गएको आबादीले वातावरणमा नकारात्मक असर पार्नुका साथै पर्यावरणीय असन्तुलन निम्त्याएको छ।वार्षिक २.४% का दरले हुने खाद्यान्न वृद्धि र २.६% को अनुपातमा बढ्दै गएको जनसङ्ख्याका बिच त्यसै पनि तालमेल हुँदैन।

हाल आएर मुलुकको परिदृश्य निकै बदलिएको छ। अहिले जीवन निर्वाहका लागि नेपालको ६६% जनसङ्ख्या मात्र कृषिमा निर्भर छ भने देशको कूल घरेलु उत्पादनमा कृषिले १३% विदेशी व्यापारसहित ३९% प्रतिशत मात्र योगदान गरेको छ।आठौं पञ्चवर्षीय योजनामा पनि कृषि क्षेत्रको सुधारका लागि सरकार क्रियाशील छ।

पहाडी तथा हिमाली क्षेत्रका तुलनामा भौगोलिक अवस्थिति, उर्वर जमिन, सरल सिँचाइ र अनुकूल हावापानीका कारण तराईमा कृषिजन्य वस्तुको उत्पादन बढी हुने गरेको छ।सामान्यतया हिमाली क्षेत्रमा स्याउ, जुनार, धान, गहुँ, मकै, जौ, आलु आदिको उत्पादन हुने गर्दछ।तराईमा भने खासगरी धान, गहुँ, दाल, मुँग, उखु, सनपाट, सूर्ति तथा मकैको उत्पादन गर्ने गरिन्छ।

आज पनि बहुसङ्ख्यक कृषकहरू परम्परागत खेती प्रणालीकै अभ्यास गरिरहेका छन्।अर्थात् नेपालको खेती प्रणाली प्राकृतिक ऋतुचक्र र मौसममा निर्भर छ। 'कृषि सूचना तथा सञ्चार केन्द्र' का अनुसार आर्थिक वर्ष २०६९/०७० मा लगभग ३०,९१,००० हेक्टर जमिनमा खेती गरिएको छ भने आधुनिक कृषि औजारको अभावका कारण १०,३०,००० हेक्टर जमिन बाँझै रहेको छ।

विभिन्न बालीको क्षेत्रफल र उत्पादन



नेपालमा परम्परागत खेती

नेपालमा आधुनिक खेती

परम्परागत खेती विपरीत आधुनिक खेती