दिगो खेती भनेको वातावरण, स्वास्थ्य, मानव समुदाय र पशुधनको कल्याण गर्ने खालका कृषि-प्रविधिहरूको प्रयोग गरेर खाद्यान्न र तरकारीको उत्पादन तथा पशुपालन गर्नु हो। दिगो खेती प्रक्रियाले भावी पुस्ताले पनि आफ्नो जमिनबाट उसरी नै खाद्यवस्तुको उत्पादन गर्न सक्ने कुरामा कुनै हानी नपुर्यााई (जमिनको उर्वराशक्ति कायमै राखेर) स्वस्थ खाद्य पदार्थको उत्पादन गर्दछ । दिगो खेती अन्तर्गत तीनवटा उद्देश्यहरू समाहित छन्:

अ. वातावरणीय स्वास्थ्य
आ. आर्थिक मुनाफा, र
इ. सामाजिक तथा आर्थिक समता

जैविक खेती अन्तर्गत कृत्रिम रासायनिक तत्त्वहरूको प्रयोग नगरी खाद्यवस्तुको उत्पादन गरिन्छ। जैविक तथा दिगो खेती दुवैको उद्देश्य पर्यावरणीय दृष्टिले व्यावहारिक कृषि-अभ्यास गर्नु हो तर दुवै पद्धतिमा भिन्न भिन्न मापदण्डबाट त्यसको मापन गरिन्छ। खास गरी बृहत् र औद्योगिक स्तरमा गरिने जैविक उत्पादनले पनि वातावरणमा असर पुर्यामउँछ र विभिन्न किसिमले मानवीय स्वास्थ्यमा हानी पुर्या्उँछ। एकबाली प्रणालीको व्यापकताका कारण प्राकृतिक चक्र नष्ट हुन्छ; माटाको पोषक तथा जैविक तत्त्व घट्दछ; वातावरण प्रदूषित पनि भइरहन्छ; एवं अत्यधिक मात्रामा जीवावशेषको विनाश हुन्छ। त्यसकारण दिगो खेती जैविक खेतीभन्दा पृथक् अवधारणा हो।

दिगो कृषिका निम्नलिखित फाइदाहरू छन्:

वातावरणको सुरक्षा
दिगो कृषिले जैविक विविधताको संरक्षण गर्नुका साथै स्वस्थ प्रकृति-चक्रको विकास, संरक्षण र सम्बर्धन गर्दछ। बाली चक्र, संरक्षणात्मक जोतखन, र चरनमा आधारित पशुपालनजस्ता प्रविधिमा दिगो कृषि आधारित छ। यो प्रणाली विषाक्त रासायनिक कीटनाशक, कृत्रिम मलखाद र वंशाणुगत रूपमा रूपान्तरित बिउबिजनमा कहिल्यै भर पर्दैन अथवा माटो, पानी तथा अन्य प्राकृतिक संशाधनहरूको गुणस्तर घटाउने क्रियाकलापहरू यसले गर्दैन।

सार्वजनिक स्वास्थ्यको सुरक्षा
खाद्यवस्तुको उत्पादनका लागि मानव-स्वास्थ्यलाई धरापमा पार्नु मनासिब हुँदैन। दिगो कृषिमा खतरापूर्ण कीटनाशक विषादीको प्रयोग नगरिने हुँदा यसरी उत्पादन गरिएका खाद्यवस्तुहरू उपभोक्ताको स्वास्थ्यका दृष्टिले सुरक्षित हुन्छन्। त्यस्तै, पशुपालनमा खतरायुक्त प्रतिजैविकी वा आर्सेनिकमा आधारित वृद्धिकारक पदार्थहरूको प्रयोग गरिन्न। त्यसैले दिगो खेतीले मानिसहरूलाई विभिन्न रोगाणु, विषाक्त रसायन तथा अन्य प्रदूषक तत्त्वहरूबाट जोगाउँछ।

गतिशील समाज निर्माण गर्ने
दिगो कृषि आर्थिक रूपले जीवनक्षम भएकाले यसले कृषक, खेताला, खाद्यान्न प्रशोधक र अन्य कामदारहरूलाई जीवन धान्न पुग्ने पारिश्रमिक तथा काम गर्ने उपयुक्त वातावरण प्रदान गरिन्छ। यसले राम्रा अवसरहरू सृजना गर्नुका साथै स्थानीय तथा क्षेत्रीय अर्थतन्त्रलाई सुदृढ गर्दै सशक्त समाजको सृजना गर्दछ।

पशु हितको पृष्ठपोषण गर्ने
दिगो खेतीमा जनवारहरूको स्वास्थ्य र भलाइको संरक्षण गर्ने किसिमले पशुपालनको अभ्यास गरिन्छ। पशुपक्षीहरूलाई बाँधेर राख्ने वा थुन्ने नगरी स्वतन्त्र रूपमा छोडिन्छ; प्राकृतिक खानेकुरा खान दिएर सङ्कटमुक्त गराइन्छ।

 

दिगो खेतीका केही प्रक्रियाहरू यस प्रकार छन्:
.

बाली चक्र
दिगो खेतीको जमिनको दिगोपना कायम राख्ने सबैभन्दा पुरानो र सजिलो पद्धति हो। बाली चक्रमा तर्कसङ्गत क्रमिकता अन्तर्गत आज लगाइएको बालीले अघिल्लो बालीले शोषण गरेको जमिनको पोषकत्वलाई पुन:पूर्ति गर्ने खालको बालीको चयन गरिन्छ। उदाहरणका लागि गहुँ बालीभन्दा पछि जौ लगाउने, कोसेबाली उठाएर अन्न बाली लगाउने खाद्यान्न पछि तरकारी बाली लगाउने गर्नाले जमिनको ऊर्वरता कायम रहने र भूक्षय तथा मौसमी क्षति घट्ने हुन्छ।
यसले रोग सर्नबाट पनि रोक्दछ। धेरैजसो रोगहरू र कीराफट्याङ्ग्राले खास किसिमका बालीलाई नोक्सान पुर्याोउने हुँदा एक पछि अर्को बाली लगाउने गरेर त्यस्तो हानी नोक्सानीबाट बँच्न सकिन्छ।

.

बालीमा विविधता
रोग तथा कीराबाट बालीनालीलाई जोगाउनका लागि कृषकहरूले उही बालीका भिन्न जात लगाउन पनि सक्दछन्। विभिन्न उत्पादकहरूबाट भिन्नभिन्न किसिमका बिउबिजनहरू प्राप्त गर्न सकिन्छ। यसो गर्दा बोटबिरुवाहरूमा महत्त्वपूर्ण भिन्नता कायम गर्न सकिन्छ। यस्ता विविधताले वंशाणुगत विविधतालाई सुनिश्चित गर्ने र बालीनालीलाई बलियो बनाउँछन्। यसबाट आर्थिक सङ्कटलाई कम गर्न पनि मदत गर्दछ।
उदाहरणका लागि एउटै समयमा १० जातका मकै मिसाएर बाली लगाउँदा कीराको आक्रमणले सबै जातका मकैलाई असर नगर्ने हुँदा कीटनाशक विषादी कम प्रयोग गरे पुग्ने र बालीको क्षतिलाई घटाउने गर्न सकिन्छ।

.

संरक्षक/परिचारिका बाली
संरक्षक बालीले जैवित तत्त्वको पुन:पूर्ति गर्न वा माटामा रहने सूक्ष्म जीवाणुहरूलाई बढाउन मदत गर्दछ। कीरा व्यवस्थापन, जमिनको गुणस्तर र उत्पादकत्व, किरा नियन्त्रण तथा पानीको संरक्षण गर्न पनि संरक्षक बाली फलदायक हुन्छ।
उदाहरणका लागि तीन पाते झार संरक्षक बाली हो। यसले जाडो याममा जमिनको सुरक्षा गर्दछ, पानीको छनाइमा मदत गर्दछ र झारलाई नियन्त्रण गर्दछ। ऐंसेलु वा अन्य फलफूलका बीचमा तीन पाते झार लगाइयो भने भूक्षय तथा चिस्यानबाट जमिनलाई जोगाउन सकिन्छ।

.

एकीकृत कीरा व्यवस्थापन
दिगो कृषि भनेको प्रभावकारी ढङ्गले कीरा नियन्त्रण गर्ने विभिन्न पद्धतिहरूको समायोजन हो। यस प्रक्रियामा प्रारम्भमा कीराहरूको पहिचान गरिन्छ; कतिपय कीराहरूले बालीनालीलाई गम्भीर असर पुर्यािउँदैनन्। कीरा नियन्त्रण गर्न सक्ने बालीको चयन गर्ने, बाली चक्र कायम गर्ने र उपयोगी कीराहरूको प्रयोग गर्ने जस्ता पद्धतिहरूको उपयोग गरिए कीरा नियन्त्रण गर्न गार्होे हुँदैन। कीराले आक्रमण गर्ने बेलामा औषधीको प्रयोग गर्नु उत्तम हुन्छ। यसको तात्पर्य कीराले असर गरेको क्षेत्रमा मात्र औषधी प्रयोग गर्ने होइन, परन्तु एउटा विशेष कीरालाई लक्ष्यित गरेर औषधी प्रयोग गर्ने र उपयोगी कीराहरूलाई नचलाउने वा अन्य वन्यजन्तुहरूलाई असर नपार्नेमा ध्यान पुर्याधउनु पर्दछ।

.

फाइदाकारी जीवहरूलाई आकर्षित गर्ने
हानीकारक कीराहरूलाई समाप्त गर्ने सर्वोत्तम विधि भनेको ती कीराहरूलाई खाने अन्य पशुहरूलाई संरक्षण गर्नु हो। यस्ता पशुपक्षीहरूले वरिपरि गुँड बनाएका भए राम्रै भयो नत्र किसानहरूले नै कृत्रिम वासस्थान बनाइदिनु पर्ने हुन्छ। गोब्रे किरा लगायतका कतिपय कीराहरुले हानीकारक कीरालाई खाने हुँदा बाली तथा मलमा त्यस्ता कीरा छाड्नु राम्रो हुन्छ।

.

जमिनको उर्वराशक्ति
बालीनालीले प्रमुख पोषक तत्त्व माटाबाटै पाउने हुँदा जमिनको उर्वरता कायम राख्नु पर्ने हुन्छ । कृषिको दिगोपना अन्य तत्त्वका तुलनामा जमिनमै सबैभन्दा बढी निर्भर गर्दछ।

.

व्यवस्थित चरन
पशुलाई विभिन्न ठाउँमा चराउनुलाई पशु-चरन चक्र भनिन्छ। पशुहरूलाई विभिन्न ठाउँमा चराउने गर्नाले विभिन्न किसिमका पोषक तत्त्व उपलब्ध हुनाका साथै परजीवी तथा धुलाबाट जोगाउन सकिन्छ। गाईवस्तुलाई ठाउँ फेरीफेरी चराउने गर्नाले भूक्षय पनि रोक्न सकिन्छ किनभने यसो गर्दा पशुहरूले सधैं एउटै ठाउँमा टेक्न वा हिँड्न पाउँदैनन्। त्यसैगरी चरन क्षेत्रमा छोडिने मलले पनि प्राकृतिक मलका रूपमा काम गर्दछ।

.

झारपातको शारीरिक सफाइ
सानो क्षेत्रमा गरिने खेतीमा हातैले झारपात नष्ट गर्न सम्भव भए पनि ठूलो क्षेत्रमा गरिने खेतीमा यसो गर्न सम्भव हुँदैन। मेसिनहरू पुर्यापउन नसकिने ठाउँमा वा औजार चलाउँदा बालीनाली नष्ट हुने सम्भावना भएमा हातैले गोडमेल गर्ने गरिन्छ। झारपात गोडमेल गर्नका लागि धेरैजसो मेसिन वा औजारको प्रयोग गरिन्छ। कतिपय झारपातहरू नउखेलिएका खण्डमा तिनले बालीनालीलाई ढाक्ने गर्दछन्। पुराना बालीका अवशेषहरूलाई जलाउन पनि सकिन्छ तर यसो गर्दा माटो, स्थानीय जीवजन्तु तथा किसानहरूलाई समेत हानी पुग्न सक्छ।

.

पानीको व्यवस्थापन
खेर गएको पानी र कमजोर सिचाइ प्रणालीलाई व्यवस्थित गरेर पानीको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ। पानीको प्रयोगलाई उत्तम ढङ्गले व्यवस्थापन गर्ने तरिका स्थानीय बालीहरूको चयन गर्नु हो किनभने यस्ता बालीहरू स्थानीय मौसममा समायोजित हुने हुँदा पानी नपरे पनि धेरै समयसम्म टिकिरहन सक्छन्। सुख्खा जग्गाका लागि खडेरी खप्न सक्ने बालीहरू लगाउनु पर्दछ। प्रभावकारी ढङ्गले सिँचाइको व्यवस्थापन गर्नुपर्छ किनभने प्रभावहीन व्यवस्थाले खोलाको पानी सुकाउने, जमिनको स्तर खस्काउने र वन्यजन्तुहरूलाई नकारात्मक प्रभाव पार्ने गर्दछ। बाली ढाक्ने झ्यास र संरक्षक बालीले माटामा चिस्यान कायम राख्न मदत गर्दछन्। सीमित सिँचाइ दिगो कृषिका लागि व्यावहारिक समाधान हुन सक्छ।

.

लम्बीय खेती
यो दिगो कृषिको उत्तम पद्धति हो। लम्बीय खेती भनेको जमिन भन्दा माथि फल्ने बालीनाली लगाउनु हो। जमिनको स्वस्थता कायम राख्ने, कीटनाशक विषादीबाट मुक्त हुने, उर्जाको उपभोग घटाउने र कार्बन डाइ अक्साइडको उत्सर्जन घटाउने यो उत्तम प्रक्रिया हो। यसले उत्पादन बढाउन र भूक्षय घटाउनसमेत मदत गर्दछ।