प्राकृतिक रूपमै रेसादार सनपाट कपडा बनाउनका लागि उपयोगी वस्तु हो। कागज उद्योग तथा कुटीर उद्योगमा पनि डाली तथा झोला आदि बनाउनका लागि यसको प्रयोग गरिन्छ।

हावापानी तथा माटो
सनपाट खेतीका लागि उष्ण तथा आर्द्रतायुक्त हावापानी उपयुक्त हुन्छ। यसका लागि २४० देखि३७० सम्म तापक्रम हुनु पर्छ। निरन्तरको वर्षा वा पानी जम्नु हानीकारक हुन्छ। ४० देखि ६० इन्च सम्मको वर्षा सनपाटका लागि उपयुक्त हुन्छ। बालुवा मिश्रित पाँगो माटो वा चिम्ट्याइलो पाँगो माटोमा सनपाट राम्ररी सप्रन्छ।

माटाको तयारी

अघिल्लो बाली उठाइसकेपछि जमिनलाई पटकपटक जोत्नु पर्छ। माटो राम्ररी तयार गर्नका लागि पटकपटक खन्ने, जोत्ने र सम्याउने गर्नुपर्दछ। कपासको बियाड पूर्णत: सफा र डल्लाडल्ली विनाको हुनुपर्छ। जोताइकै क्रममा गोबर मल हाल्नुपर्छ।

छराइ

कपास छर्ने काम हातैले वा मेसिनको प्रयोग गरेर गर्न सकिन्छ। बिउ छर्ने काम सामान्यतया पहिलो मनसुन भन्दा अघि नै (जुन महिनातिर) गरिन्छ। पानी परिसकेपछि जोतेर पनि चिस्यानयुक्त माटामा सिधै बिउ छरिन्छ। त्यसपछि जमिन सम्याइन्छ। पर्याप्त चिसोपना पाएपछि वा हल्का पानी परेपछि बिउ टुसाउन र बिरुवा उम्रन थाल्छन्।


गोड्ने र मल हाल्ने

बिरुवा उम्रनासाथ झारपात उखेल्ने र मल हाल्ने गरिन्छ। अन्य सबै झारपातहरू उखेल्नु पर्छ। झारपात नष्ट गर्नका लागि झारनाशक विषादिको प्रयोग गर्न सकिन्छ। मलका रूपमा कम्पोस्ट मल वा गोबर मल, फोस्फोरस, पोटास र नाइट्रोजन मलको प्रयोग गर्न सकिन्छ। बीचबीचमा युरियाको पनि प्रयोग गर्न सकिन्छ।


कीरा नियन्त्रण

कीरा नियन्त्रणका लागि सिफारिस गरिए अनुसारका विभिन्न कीटनाशक विषादिको प्रयोग गर्ने गरिन्छ।


बाली उठाउने

छरेको १२० देखि १५० दिनसम्ममा पाटा काट्ने बेला हुन्छ। समय हुनासाथ उठाइएको काटिएको सनपाटबाट उच्च गुणस्तरको पाटा निकाल्न सकिन्छ। बोटका फेदैमा काटेर वा उखेलेर बाली उठाउन सकिन्छ। बाढी पसेको जमिनमा भने पाटा उखेल्ने गरिन्छ। काटिसकेपछि पात पहेंलिऊन् र झरून् भन्नका लागि तीन चार दिन सम्म खेतमै छोडिन्छ। त्यसपछि पानीमा डुबाउनका मुठा मुठा पारेर बाँधिन्छ । यसरी बाँध्नेबित्तिकै पानीमा डुबाइहाल्नु पर्ने हुन्छ।


खाडीमा हाल्ने

सनपाटका डन्ठाबाट पाटालाई छुट्याउनका लागि मुठामुठा पारेर खाडीमा डुबाउने गरिन्छ। ती मुठाहरूलाई ६० देखि १०० सेन्टिमिटर गहिरो पानीमा ढड्याइन्छ। ८ देखि ३० दिन भित्रमा यसरी पानीमा डुबाउने प्रक्रिया पूरा हुन्छ। पाटाका डन्ठाबाट सजिलो गरी बोक्रा निस्कने गरी ढाडिएपछि सनपाटका रेसा छुट्याउने समय हुन्छ।


छुट्ट्याउने (रेसा अलग्याउने)

पानीमा राम्ररी ढाडिइसकेपछि जुटलाई सन्ठीबाट अलग्याइन्छ। निम्नलिखित प्रक्रियाहरूमध्ये कुनै एक प्रक्रियाबाट रेसा छुट्याउने काम गरिन्छ:

अ.   एक एकवटा डाँठलाई हातमा लिएर सन्ठी र पाटा छुट्याउने
आ.   एक मुठी डाँठलाई हातमा लिएर बिचमा भाँच्ने अनि पानीमा राखेर अघि पछि तान्दै छुट्याउने
इ.   कम्मर सम्मको पानीमा उभिएर मुङ्ग्राले डाँठलाई कुट्ने र पाटा र सुन्ठी अलग अलग पार्ने
पानी प्रशस्तै छ भने पाटाका डाँठहरूलाई पानी भएको खाडीमा वा पानी बग्ने नालीमा डुबाएर ५ दिन देखि १५ दिनसम्म छोडिन्छ। मुठाको एक छेउमा हातले दर्होन गरी समातिन्छ र अर्कातिर मुग्राले बिस्तारो कुटिन्छ। सबै पाटा छुट्टिइसकेपछि त्यसलाई अलग गरेर पखालिन्छ।


धुलाइ र सुकाइ

डाँठबाट छुट्याइएको सनपाटलाई सफा पानीले धोइन्छ। अमिलो मिसाइएको पानीमा १५ देखि २० मिनटसम्म डुबाएर पाटामा रहेको कालो रङ् हटाइन्छ र फेरि सफा पानीले धोइन्छ। त्यसपछि निचोरेर पानी निकालिन्छ र बाँसका घारामा झुन्ड्याएर २ देखि ३ दिनसम्म घाममा सुकाइन्छ।


मूल्य निर्धारण र प्याकिङ्

पाटालाई उच्च, मध्यम, ख, ग, निम्न आदि स्तरमा छुट्याएर बाँधिन्छ । त्यसपछि बिक्री गर्नका लागि बजारमा वा सोझै जुट मिलमा पुर्यारइन्छ।


सनपाटको आर्थिक महत्त्व

   सामान्यतया डोरी, झोला, गलैंचा र पर्दा बनाउनका लागि सनपाटको प्रयोग गरिने
   उच्च गूणस्तरको पाटाको कागजी बोर्ड बनाउने प्रयोग हुने
   दानाबाट निकालिएको तेल रङ आदिमा प्रयोग हुने
   इन्धनका रूपमा डाँठ (सन्ठी) को प्रयोग गरिने