ठाउँ तथा माटाको छनौट

जडीबुटी लगाइने ठाउँमा पर्याप्त पानी, पानीको निकास र अलिअलि झारपात हुनुपर्छ। चिसो जमिनमा जडीबुटीहरू हुर्कन सक्दैनन्। जमिन अत्यधिक मलिलो हुनु हुँदैन किनभने यस्तो जमिनमा पात मौलाउने हुँदा कम स्वादिला हुन्छन्। प्रति १०० वर्गफिटमा प्रशस्त मात्रामा कम्पोस्ट मल लगाउनाले जमिनको अवस्थामा सुधार आउनुका साथै आवश्यक चिस्यान कायम रहन्छ।

जडीबुटीको बियाड राख्‍ने

जाडो कम हुँदै गएपछि जडीबुटीको बियाड राख्ने काम गर्नुपर्छ।अनि वसन्त ऋतु (चैत वैसाख) मा बिरूवाहरूलाई बाहिर सार्नुपर्छ।पानी राम्ररी निकास हुने हलुका माटो बेर्ना उमार्नका लागि उत्तम हुन्छ। बिउलाई धेरै माटाले पुर्नु हुँदैन।जति सानो बिउ हुन्छ त्यति नै सतहमा छर्नुपर्छ । भिन्न भिन्न किसिमका बिउ उमार्नका लागि भिन्न भिन्न किसिमको वातावरण चाहिन्छ।


वानस्पतिक परसारन/अमैथुनिक प्रजनन

कतिपय बाह्रमासे जडीबुटीलाई अमैथुनिक प्रजनन गराउँदा कलमी र विभाजनजस्त दुईवटा उपयोगी उपायहरू छन्। यसका लागि वसन्त ऋतुको प्रारम्भिक समय उत्तम मानिन्छ।बगान कतै धेरै बाक्लो र बिचबिचमा खाली ठाउँ देखिन थालेपछि छाँटकाँट गर्ने समय भएको बुझ्नुपर्छ।छाँटकाँटका क्रममा मोटामोटा जराहरू निकालिन्छ भने अरुलाई काट्ने गरिन्छ।घना भागलाई पूरै सफा पारेर नयाँ बिरुवा रोपी सकेसम्म चाँडो पानी हाल्नु पर्छ। नयाँ बिरूवा रोपेको पहिलो हप्ताभरि घामबाट जोगाउने उपाय गर्नु अति राम्रो हो।
कलमी गरेर रोप्नु अलि जोखिममुक्त काम हो। गर्मी महिनाभरि नै यो काम गरिरहन सकिन्छ; साथै कतिपय भूमध्यसागरीय वनस्पतिहरूका जरा धेरै नफैलने हुँदा विभाजन गर्न अप्ठ्यारो हुन्छ। जमिनसम्म नुहाउन मिल्ने खालका हाँगाहरूलाई मात्र तलतलका हाँगालाई काटेर बुच्चो पार्नुपर्छ। माटो फुक्का बनाएर ती हाँगालाई जमिनको माथिल्लो सतहभन्दा केही तलसम्म मात्र गाडिदिनुपर्छ।प्रकृतिलाई आफ्नो काम गर्न छोडिदिनु पर्छ।हुर्कने समयको अन्तसँगै जरा पलाइसक्छन् अनि ती हाँगालाई रुखबाट छुट्याएर सजिलै अन्यत्र सार्न सकिन्छ।
जरा कटाइको पनि सोही अनुसार गर्न सकिन्छ। कटिङ गर्ने प्रक्रिया छिटो भए पनि नयाँ भागलाई मूलबाट पूरै अलग्याउनु पर्ने हुँदा असफलताको पनि उत्तिकै सम्भावना हुन्छ।यसका लागि नियन्त्रित अवस्था र नियमित हेरचाहको आवश्यकता हुन्छ।

कोठेबारीमा लगाउन सकिने कतिपय जडीबुटीहरू यस प्रकार छन्
१. तुलसी:
प्रयोग: पत्ताको स्वाद उष्ण र मसलादार हुन्छ। झोलिलो पदार्थ, चटनी, सलाद, अमलेट तथा मासु, कुखुरा र माछाका परिकारमा उचित मात्रामा प्रयोग गर्न सकिन्छ।
रोपाइ: वसन्त ऋतुको प्रारम्भतिर हरित गृह वा घमाइलो कोठेबारीमा बिउ राख्नु पर्छ।गर्मीयामको प्रारम्भसँगै बिरुवाहरूलाई बगैँचा (कोठेबारी) मा सार्नुपर्छ।अथवा वसन्त ऋतुको अन्ततिर बगैंचामा सोझै बिउ छरे पनि हुन्छ ।
२. छ्यापी:
प्रयोग: छ्यापीका पत्ताको स्वाद प्याजको जस्तै जस्तै हुन्छ।पत्ताहरूलाई टुक्र्याएर सलाद, अन्डा र पनिरका परिकार, छेनाको पनिर, मुछिएको आलु, स्यान्डविचको परिकार र चटनीमा मिलाउनुहोस्। सलादमा यसको फूल पनि मिसाउन सकिन्छ।
रोपाइ: वसन्त वा शरद ऋतुमा गरी १२ इन्चको फरक पारेर ड्याङ बनाई आधा इन्च गहिरो गरी बिउ रोप्न सकिन्छ। बेर्ना सार्दा ६/६ इन्चको फरकमा ड्याङ बनाउनु पर्छ । अथवा वसन्त ऋतुको सुरुतिर बिउ राखेर नर्सरीमा हुर्काइएका बिरुवाहरूलाई ९ देखि १२ इन्चको फरक पारेर रोप्नु पर्छ ।
अन्य जडीबुटीहरूबारे थप जानकारी लिनका लागि तलको वेब लिङ्‍कमा क्लिक गर्नुहोस्
वेब लिङ्‍क १
वेब लिङ्‍क २