कफी संसारका सबैभन्दा बढी मूल्यमा बिक्री हुने वस्तुहरूमध्ये एक मानिन्छ भने कतिपयले कफीलाई तेल पछिको मूल्यवान् वस्तु मान्दछन्। रोपिएको पाँच वर्षदेखि १० वर्ष भित्रमा कफी फल्न थाल्दछ भने एउटै बोटले लगभग ३० वर्षसम्म उब्जनी दिइरहन्छ।

हावापानी:
चिसो, आर्द्र र तुसारोरहित हावापानी कफीका लागि उपयुक्त मानिन्छ। उष्ण तथा उपोष्ण उच्च क्षेत्रमा कफी राम्ररी फस्टाउँछ। लगभग ७५० फरेनहाइट (२४० सेन्टिग्रेड) को तापक्रम, वार्षिक ५० इन्च (१२७ से.मि.) वर्षा र छोटो सुख्खा याम कफीका लागि उपयुक्त हुन्छ। उर्वर, गहिरो र पानी पटाउन सकिने खासगरी ज्वालामुखीय उत्पत्तिको माटो हुनु राम्रो हुन्छ। ठूलो हावा हुरीले कफीको उत्पादन घटाउन सक्ने हुँदा अग्लाअग्ला रूखका छहारीमा कफी लगाउने गरिन्छ।

रोपाइ र बिरुवा घर

कफीका बोटमा फल्ने दानाहरूलाई नै बिउका रूपमा प्रयोग गरिन्छ। प्रशोधन नगरिएका कफीका दानालाई रोपेर बिरुवा उमार्न सकिन्छ। ठुलठुला ड्याङ बनाएर छहारीयुक्त बिरुवा घरमा कफीका दाना रोप्न सकिन्छ। टुसा हालिसकेपछि बिरुवालाई ड्याङ्बाट उखेलिन्छ र मलिलो माटो भरिएका बेग्लाबेग्लै भाँडामा रोपिन्छ। स्थायी रूपमा रोप्न लायक नहुन्जेलसम्म ती बिरुवालाई चर्को घामबाट जोगाएर राखिन्छ भने नियमित रूपमा पानी पनि हाल्ने गरिन्छ। खास गरी चिसो याममा बिरुवा रोपिन्छ । यसो गर्दा बिरुवाका वरिपरिको माटो चिसो रहन्छ र बिरुवाका जराले चाँडै माटो समाउँछन्।

कफी बाली उठाउने:

कफीका नयाँ बोटमा फल लाग्नका लागि ३ देखि ४ वर्ष लाग्दछ। कफीका फललाई कफी चेरी भनिन्छ । जब कफीका दाना पाक्दछन् ती चम्किला गाढा रङका हुन्छन्। यसपछि टिप्ने बेला हुन्छ। हातले वा औजारको प्रयोग गरेर कफी टिप्न सकिन्छ। हातले टिप्नु पर्दा बढी श्रमको आवश्यकता हुनाका साथै प्रशोधन गर्न पनि गार्होज हुन्छ। निम्नलिखित दुई तरिकाबाट कफी टिप्ने गरिन्छ:

क.

एकै पटकको टिपाइ
एकै पटक सबै दानाहरू टिपिन्छ । हातैले वा औजारहरूको प्रयोग गरेर यो काम गर्न सकिन्छ। हाँगामा रहेका सबै चेरीहरूलाई एकैपटक टिपिन्छ।

ख.

छानेर टिपिने
पाकेका चेरीहरूलाई छानीछानी हातले टिपिन्छ। कफी टिप्ने व्यक्तिले ८/१० दिनको अन्तर पारेर रूख रूख चहार्ने गर्नुपर्ने हुन्छ।

एउटा कुशल व्यक्तिले एक दिनमा १०० देखि २०० पाउन्डसम्म कफीका दाना टिप्न सक्छ जसबाट २० देखि ४० पाउन्डसम्म कफीका दाना निकाल्न सकिन्छ। दिनभरि टिपिएको कफीलाई भेला गरिन्छ र प्रशोधन गर्ने ठाउँमा लगिन्छ।


कफीका दानाको प्रशोधन:

नोक्सान हुन नपाओस् भनेर कफीलाई जति सक्दो चाँडो प्रशोधन गर्नुपर्छ। निम्नलिखित दुईवटा प्रक्रियाबाट कफीको प्रशोधन गरिन्छ:

क.   सुख्खा विधि

पानीको स्रोत कम भएका ठाउँमा यो विधि अपनाइन्छ। भर्खरै टिपिएका दानालाई राम्ररी फिँजाएर घाममा सुकाइन्छ। बिग्रन नदिनका लागि दिनभरि नै दाँतीका सहायताले ओल्टाइपल्टाइ गरिन्छ भने राती छोपेर राखिन्छ। पानी पर्योम भने ओतमा राख्ने व्यवस्था गरिन्छ। कफीका दानामा रहेको चिसोपना ११% मा नझरुन्जेल कैयौं हप्तासम्म यसरी नै सुकाइन्छ। त्यसपछि कफीका सुख्खा दानालाई छनौटका लागि गोदाम घरमा लगिन्छ।

ख.   चिस्यान विधि

यस विधिमा कफीका दाना टिपिसकेपछि दानाभित्रको गुदी निकालिन्छ र बाँकीरहेका बोक्रालाई मात्र सुकाइन्छ।

सबैभन्दा पहिले भर्खरै टिपिएका कफीका दानालाई गुदी निकाल्ने मसिनमा हालेर गुदी र बोक्रालाई अलग अलग पारिन्छ। गुदीलाई पानीले धोइन्छ र सुकाएर ऊर्ध्वच्छदका रूपमा प्रयोग गरिन्छ। कफीका दानालाई पानीमा डुबाउँदा हलुका दाना माथिमाथि तैरिन्छन् भने गर्हौंु तथा पाकेका दाना पानीमा डुब्छन्। त्यस्तै ती दानालाई पटक पटक पानीमा डुबाएर साना ठुला दानालाई अलग अलग पारिन्छ।
त्यसपछि ती दानाहरूलाई किण्वीकरणका लागि पानी भरिएका ठुलाठुला भाँडामा हालेर दानाको अवस्था, मौसम र उचाइका आधारमा १२ देखि ४९ घन्टासम्म डुबाएर राखिन्छ । यसो गरिसकेपछि कफीका दानाका बोक्रामा टाँसिएको बाहिरी पत्र उक्किन्छ। किण्वीकरण गरिसकेपछि ती दाना खस्राखस्रा हुने हुँदा तिनलाई थप सफा पानीमा हालिन्छ। अन्तत: ती दाना सुकाउनका लागि तयार हुन्छन्।


दानालाई सुकाउने

चिस्यान विधिबाट कफीको प्रशोधन गरिँदा गुदी निकालेर किण्वीकरण गरिएका दानाहरूलाई लगभग ११% चिसोपना होउन्जेल सुकाउनु पर्दछ र भण्डारणका लागि तयार गर्नुपर्दछ। यी दानाहरू अझै खपटाभित्रै हुने हुँदा घाममा सुकाए पनि हुन्छ। मेसिनका सहायताले पनि सुकाउन सकिन्छ। सुकिसकेपछि दानाहरूलाई सिसल वा जुटका बोरामा राखिन्छ।


दानाको पिसानी

बोक्रे कफीलाई निम्न ढङ्गले प्रशोधन गरी निर्यात गरिन्छ

अ.  

बोक्रा ताछ्ने
चिस्यान विधिबाट प्रशोधन गरिने कफीबाट बोक्रा छुटाउन मेसिनको प्रयोग गरिन्छ । यस मेसिनले सुकेका दानाबाट सबै भुस हटाइदिन्छ।

आ.  

रङ्ग्याउने
बोक्रा ताछिसकेपछि बाँकी रहेको चाँदी रङको तहलाई रङ्ग्याउने मेसिनले हटाइदिन्छ।

इ.  

स्तरीकरण गर्ने र छुट्याउने
आकार र बजनका आधारमा कफीका दानालाई राम्ररी छुट्याइन्छ। रङ्सम्बन्धी केही तुस बाँकी रहेको छ कि भनेर राम्ररी जाँच गरिन्छ।

  १० देखि २० को स्तरले दानाको साइजको प्रतिनिधित्व गर्दछन्। यस सङ्ख्याले गोलो आकारको प्वालको प्रतिनिधित्व गर्दछन्। १० नम्बरको दाना भन्नुको अर्थ एक इन्चको ६४ औं भागको प्वाल भएको दाना भन्ने बुझिन्छ। बिभिन्न चरणमा आकार परीक्षण गरेर दानाको परीक्षण गरिन्छ। गर्हौंो तथा हलुका वजनका आधारमा पनि दानाहरूको वर्ग छुट्याउने गरिन्छ।
त्यसपछि खराब दानाहरूलाई अलग्याइन्छ। जटिल मेसिनहरूको प्रयोग गरेर खराब दानाहरूलाई छुट्याउने गरिन्छ। उपयुक्त आकार, रङ विनाका वा अन्य किसिमबाट अस्वीकृत हुन सक्ने दानाहरूलाई निकालिन्छ। यस्ता दानाहरू बढी कुहिएका वा कीराले आक्रमण गरेका हुन सक्छन्। हातले वा मेसिनको प्रयोग गरेर यो प्रक्रिया सम्पन्न गर्न सकिन्छ । यो सबै गर्नुको अर्थ उच्च गुणस्तरका दानाहरूको मात्र निर्यात होस् भन्ने हो।
ई.  

कफीको निर्यात
यसरी पिँधिएको कफीलाई "ग्रीन कफी" भनिन्छ। पाटाका बा सिसलका बोरामा हालेर यसरी तयार गरिएको कफीलाई निर्यात गरिन्छ।

कफीको चखाइ

उत्पादनका प्रत्येक चरणमा गुण तथा स्वादको परीक्षण गर्नका लागि कफी चाखिन्छ। यस प्रक्रियालाई 'कपिङ' भनिन्छ। जाँचकीले सर्वप्रथम हेर्दाखेरि कस्ता देखिन्छन् भनेर दानाहरूलाई जाँच्दछ। त्यसपछि साना भुटाइ गर्ने प्रयोगशालामा ती दानालाई भुटिन्छ र तत्कालै सावधानीपूर्वक तापक्रम नियन्त्रण गरिएको उम्लिएको पानीमा हालिन्छ। जाँचकीले सुगन्धको पनि जाँच गर्दछ। केही समय त्यसै छाडिसकेपछि कपका सिरानमा बसेको पाप्रो उप्काउँछ । चाख्नुभन्दा अगाडि पुन: त्यसलाई सुँघ्छ । त्यसपछि चाख्नका लागि छिटोछिटो सास तान्दै एक चम्ची कफी सुरुप्प पार्छ।

कफीको भुटाइ

भुटेपछि हरिया कफीका दान खैरा रङका हुन्छन्। खैरा दाना बजारमा लगेर बेच्नका लागि तयार हुन्छन्। भुट्ने मेसिनको तापक्रम ५५० डिग्री फरेनहाइट हुन्छ। दानाहरू भुटाइको पूरा प्रक्रियाभरि घुमिरहन्छन् जसले गर्दा ती डढ्न पाउँदैनन् । जब दानाको ४०० डिग्री तापक्रम हुन्छ ती खैरा रङका देखिन थाल्छन् भने दानाभित्र रहेको तेल निस्किन थाल्छ। हामीले पिउने गरेको कफीबाट आउने सुगन्ध र स्वाद यसै तेलबाट उत्पादन भएको हो। भुट्ने मेसिनबाट निकाल्नासाथ कफीका दानाहरूलाई हावा वा पानीका सहायताले तत्काल चिस्याइन्छ।