विदेशी भूमिमा नेपालीहरूका रोजगारी सम्बन्धमा तथ्याङ्कहरू
वैदेशिक रोजगार विभाग, नेपाल सरकारको वेब साइटमा रहेको तथ्याङ्क | |
![]() |
नेपाल सरकारले नेपाली नागरिकहरूलाई उल्लेखित देशहरूमा काम गर्न अनुमति प्रदान गरेको छ |
वैदेशिक रोजगारी नीति २०६८ (श्रम तथा रोजगार मन्त्रालय) | |
![]() |
यस प्रतिवेदनले श्रम तथा रोजगार मन्त्रालयले २०६८ सालमा जारी गरेको सरकारी नीतिलाई समेटेको छ। प्रतिवेदनको दोस्रो पृष्ठमा वैदेशिक रोजगारीमा संलग्न नेपालीहरूको वर्तमान स्थितिवारे विस्तृत जानकारी दिइएको छ। |
झन्डै आधाजसो नेपाली परिवारको कम्तीमा एउटा सदस्य विदेशमा काम गर्छ:Survey ekantipur मा प्रकाशित लेख (२०११/०६/२९) |
|
![]() |
यस लेखमा उल्लेख गरिए अनुसार झन्डै आधाजसो नेपाली परिवारको कम्तीमा एउटा सदस्य विदेशमा काम गर्छ वा विदेशमा काम गरेर घर फर्कन्छ। विश्व बैङ्कले २००९ मा सञ्चालन गरेको Nepal Migration Survey बाट यो तथ्याङ्क लिइएको हो। त्यसै लेखमा २१ लाख नेपालीहरू भारत लगायत विभिन्न विदेशी मुलुकमा काम गर्दछन् भनी उल्लेख गरिएको छ। ती मध्ये खाडी मुलुकहरूमा ३८%, मलेसियामा १२% र विकसित मुलुकमा८.७ प्रतिशत कामदारहरूले काम गर्दछन्। |
वैदेशिक कामदार पाँच लाख हिमालयन टाइम्समा प्रकाशित लेख २०१३-०६-२३ |
|
![]() |
११ औं महिना अर्थात् आ.व. २०६९/७० को जेष्ठ महिनामा वैदेशिक रोजगारी बजारमा प्रवेश गर्ने नेपालीहरूको सङ्ख्या ५,५६, ७९० पुग्यो। वैदेशिक रोजगारी विभागका अनुसार ४,०३,०९० जना वैदेशिक रोजगारीको चाहना भएका मानिसहरू रोजगारीका लागि विदेश गए भने लगभग १,५३,७०० पुराना वैदेशिक कामदारहरू रोजगारीमा पुन: प्रवेश गरे। त्यही महिना वैदेशिक रोजगारीको चाहना गर्ने सबैभन्दा बढी ५८,९३७ जना पाइए। तीमध्ये ४५,३८३ जना नयाँ र १३,५५४ जना पुराना थिए। |
विदेशमा रहेका कामदारहरूलाई सहयोग नेपाली टाइम्स (डिसेम्बर १७-२३, २०१० मा प्रकाशित लेख) |
|
![]() |
सन् २०१० मा संसारभरिका ३० लाख आप्रवासी नेपाली कामदारहरूबाट औपचारिक रूपमा प्राप्त हुने रेमिट्यान्स २६२ अरब पुगेको देखिन्छ। यस तथ्यका आधारमा विदेशी रोजगारी नेपाली अर्थतन्त्रको मेरुदण्ड हो भन्न सकिन्छ । |
श्रम तथा यातायात व्यवस्था मन्त्रालयको बेव साइटमा रहेको प्रतिवेदन | |
![]() |
यो वेभसाइटमा प्रकाशित प्रतिवेदनमा श्रम तथा यातायात व्यवस्था मन्त्रालय र वैदेशिक रोजगार विभाग सम्बन्धि जानकारी उपलब्ध गराएको छ। |