पासपोर्ट र कामका लागि भिसा प्राप्त गर्ने प्रक्रिया
राहदानीका लागि आवेदन फारम प्राप्त गर्ने
परराष्ट्र मामिला मन्त्रालय, राहदानी विभागले जारी गरेको राहदानी आवेदन फारम डाउनलोड गर्नका लागि तल दिइएको वेब लिङ्कको प्रयोग गर्नुहोस् ।
१. | राहदानी आवेदन फारम डाउनलोड गर्नका लागि | ||||||
२. | कुनै त्रुटि नगरी आवेदन फारम डाउनलोड गर्नका लागि तल दिइएको बेब लिङ्कमा दिइएको निर्देशन पालन गर्नुहोस्। आवेदम फारम डाउनलोड गर्नका लागि निर्देशन |
||||||
३. | आवेदन फारम भर्न थाल्नु भन्दा पहिले राहदानी विभागले उपलब्ध गराएको निर्देशन राम्ररी पढ्नुहोस्। यस वेब लिङ्कले राहदानी आवेदनका प्रत्येक कोठामा भर्नुपर्ने विवरणबारे जानकारी प्रदान गर्दछ। राहदानी विभागले उपलब्ध गराएको निर्देशन |
||||||
४. | यसपछि जिल्ला प्रशासन कार्यालयमा गएर आवेदन फारम बुझाउनुहोस्। आवेदन फारमसँग अन्य कागजातहरू बुझाउनु पर्ने हुन्छ ।राहदानी आवेदन फारमसँग बुझाउनु पर्ने कागजातहरूको सूचि
|
राहदानी प्राप्त गर्ने बारे राहदानी विभागबाट प्रकाशित विस्तृत नियमहरूको विवरण यस वेब लिङ्क मा उपलब्ध छ ।
राहदानी विभागमा सम्पर्क गर्नका लागि |
![]() |
रोजगारका लागि भिसा लिन
विदेशमा कामदार पठाउन नेपाल सरकार, कानुन आयोगले जारी गरेको ऐन, सर्वप्रथम सरकारले नेपाल सरकार र सम्बन्धित देशका बिचको सन्धिको अवलोकन गर्दछ। त्यसपछि काम गर्न जान चाहने व्यक्तिले निम्नलिखित योग्यता प्रदर्शन गर्नु पर्ने हुन्छ ।
क. | सामान्य लेख पढ गर्न सक्ने |
ख. | काम गर्न जान चाहेको देशको कानुन, भाषा, संस्कृति तथा जीवनशैलीबाट सामान्य जानकारी प्राप्त गरेको हुनुपर्ने |
ग. | व्यावसायिक सुरक्षा तथा स्वास्थ्यबारे सामान्य जानकारी हुनुपर्ने |
घ. | अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र हुनुपर्ने |
ङ. | मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थपरीक्षण गरेको प्रमाणपत्र लिनुपर्ने |
च. | ऐनको धारा ६ उपधारा २ मा व्यवस्था भए बमोजिम सञ्चालक समितिले प्रस्ताव गरेका अन्य प्रक्रिया तथा मापदण्ड पूरा गरेको हुनुपर्ने |
यस ऐनमा काम गर्नका लागि विदेश जाने कामदारले निम्नलिखित विषयसहितको अभिमुखीकरण तालिम लिएको हुनुपर्ने कुरा पनि उल्लेख गरिएको छ ।
क. | नेपालको वैदेशिक रोजगारीसम्बन्धी कानुन |
ख. | रोजगारीका लागि जान चाहेको देशको भौगोलिक अवस्था, संस्कृति, जीवनशैली, आर्थिक, सामाजिक र राजनैतिक अवस्थाबारेको जानकारी |
ग. | रोजगारीका लागि जान चाहेको देशमा बोलिने भाषा |
घ. | रोजगारीका लागि जान चाहेको देशको श्रम, आप्रवासी कामदार र यातायातसम्बन्धी कानुन |
ङ. | एच.आइ.भी/एड्स, सरुवा रोग तथा यौन तथा प्रजनन स्वास्थ्यबारे जानकारी |
च. | व्यावसायिक सुरक्षा र स्वास्थ्य सुरक्षा |
छ. | सरल तथा सुरक्षित यात्रा |
ज. | कामदारको आचरण, स्वास्थ्य र सुरक्षा |
झ. | विदेशमा कमाएको पैसा सरल, सहज र सुरक्षित किसिमबाट आफ्नो देशमा पठाउने तरिकाबारे जानकारी |
![]() |
About.com का माध्यमबाट विदेशमा रोजगारीको अवसर खोजी गर्नेबारे सूचना प्राप्त गर्न सकिन्छ। कामका लागि स्वीकृति पाउन कठिन हुने हुँदा विदेशको काम चुनौतिपूर्ण हुन्छ भन्ने कुरा यसमा उल्लेख गरिएको छ। काम गर्ने भिसा पाउनका लागि चाल्नु पर्ने पहिलो कदम महावाणिज्यदूत वा राजदूतावासमा सम्पर्क गर्नु हो भन्ने कुरा पनि यसमा उल्लेख गरिएको छ। |
||||||
![]() |
विदेशमा रोजगारी पाउन
|
||||||
विदेशमा काम गर्न रोजगारी भिसाका लागि आवेदन दिने थुप्रै तरिकाहरू छन्। तल दिइएको वेबसाइटबाट विभिन्न मुलुकमा काम गर्नका लागि आवेदन दिने बारे सूचना पाउन सकिन्छ।
|